अम्बानीले बुहारीलाई उपहार स्वरुप दिए ४१० मिलियनको सुनको कार !



१९ साउन २०७६, काठमाडौं

भारतका रिलायन्स इन्डस्ट्रीजका मालिक तथा एसियाकै धनी मुकेश अम्बानी हरेक कुरामा चर्चा तथा उपचर्चा आईरहेका छन् । पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण सधैँ चर्चामा रहन्छन । अम्बानी घर र सम्पत्तीको कारण मात्र कहा हो र ? उनको पूरै जीवनको बारेमा नै मानिसहरुमा चासो रहने गर्छ ।

मिडिया रिपोर्टका अनुसार गएको वर्ष विवाह बन्धनमा बाधिँएका उनका छोरा आकाश अम्बानी र उनकी श्रीमतीको विषयमा पनि निकै लामो समयदेखि चर्चा–परिचर्चा आईरहेको छ । मुकेश अम्बानीले आफ्नी बुहारीलाई अनौठो उपहार दिएर झन्नै चर्चाको शिखर चुमिरहेका छन् ।

मुकेश अम्बानीले बुहारीको लागि दुबईबाट सुनको कार उपहार दिएका थिए । कार सिधै दुबईबाट भारत ल्याइएको थियो । मुकेश अम्बानी पनि कारका सौखिन मानिन्छन । उनीसँग १७० भन्दा बढी कारको विशाल संग्रह नै छ । दुबईमा सुनको कार बन्नु र बनाउनु कुनै नौलो कुरा भने होइन ।

दुबईका शेख पनि सुनको कारमा नै शयर गर्ने गर्छन । भारतीय सञ्चार माध्यमका अनुसार मुकेश अम्बानीले विशेष रुपमा उक्त कारलाई बिहेमा आफ्नी बुहारी श्लोकलाई दिएका थिए । कारको मुल्य ४१० मिलियन परेको बताइएको थियो । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्