प्रहरीद्धारा झाडीमा लुकाएको तीन किलो यार्सा बरामद



१९ साउन २०७६, काठमाडौँ

प्रहरीले बेवारिसे अवस्थामा झाडीमा तीन किलो हिमाली जडीबुटी यार्सागुँबा बरामद गरेको छ ।

प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको  टोलीले बर्दियाको बाँसगढी नगरपालिक( ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो।

पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० ग्राम यार्सागुम्बा बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन्।

बोराभित्र राखिएको ९ सय ५० ग्राम र सिंगो २ किलो १०० ग्राम यार्सागुम्वा फेला पारेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्