डुङ्गा दुर्घटनाः २५ को मृत्यु, ६ बेपत्ता



१९ साउन २०७६, काठमाडौं

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ।

इलोइलो र गुईमारासमा शनिबार छुट्टाछुट्टै तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको बताइएको छ। आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो।

आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन्।

प्रतिक्रिया दिनुहोस्