
१९ साउन २०७६, काठमाडौं
भारतमा यस्तो घटना घटेको छ जुन घट्ना संसारको पहिलो चोटी भएको हो भनेर डाक्टरले दाबी गरेका छन । चेन्नईस्थित अस्पतालमा सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गर्दा डाक्टरले ५२६ वटा दाँत निकालेको छ । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन ।
बालकको निकै लामो समयदेखि दायाँ बंगारामा सुन्निएको थियो । अत्यधिक सुन्निएपछि उनलाई अस्पताल पुर्याएका थिए । सबिता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनले भारतीय मिडियालाई दिएको जानकारी अनुसार ती एक्स–रे र सिटी स्क्यानमार्फत पत्ता लाग्यो कि बंगारामा केही दाँत यस्ता छन जो आधा विकसित छन ।
बिरामीलाई एनेस्थेसिया दिएपछि उनको बंगाराको एउटा भाग निकालियो जसको तौल २ सय ग्राम थियो । शल्यक्रिया गर्दा त्यसमा ५२६ वटा साना, मध्य र ठूला आकारका दाँत पाइयो ।’‘दाँत बंगाराको भित्री भागमा थिए जसलाई बाहिरबाट देख्न मुश्किल थियो ।
डाक्टरले भने, ‘शल्यक्रियाको क्रममा हामीले उसको स्वस्थ दाँतलाई त्यत्तिकै छोडिदियौं । अस्वाभाविक रुपमा आएका दाँतलाई निकै सावधानीपूर्वक निकालियो । यसअघि कसैको पनि यति धेरै दाँत देखिएको थिएन । यसअघि सन् २०१४ मा एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।’एजेन्सी…





