दिन प्रति दिन तातिँदै छ पृथ्वी, नेपाल विश्वकै तातो ठाउँ बन्न सक्ने



१९ साउन २०७६, काठमाडौँ

जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो। त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ।

काठमाडौंको दस वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ। जनवरीमा ८ डिग्री सेल्सियस। यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ। त्यसलाई रोक्न पर्याप्त मेहनत पुगेमा पनि सन् २१०० मा जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।

वैज्ञानिकले विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन्। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले बढ्दो तापक्रम नियन्त्रण गर्न नसके ठूलो विनाशको सामना गर्नुपर्ने चेतावनी दिइसकेको छ।  नीति र व्यवहार परिवर्तन नगरी खराब अवस्थामा गयो भने नेपाल विश्वकै तातो ठाउँ बन्न पनि सक्नेछ।

प्रतिक्रिया दिनुहोस्