
१९ साउन २०७६, काठमाडौं
अमेरिकाको टक्सन निवासीका एक व्यक्तिको एडी कोलिन्सको जेनी नामको कुकुर हराएको छ । उनी कुकर हराएपछि घेरै चिन्तामा डुबेको छ । र उनी कुकुरलाई खोज्नलाई महिनौं बिताएको छ । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन ।
‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस भन्ने चाहन्छु ।’
जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ । यदि म कहाँ छु भनेर तपाईंलाई थाहा छ भने मलाई सुरक्षित घर फिर्ता हुन सहयोग गर्नुहोस्, त्यसपछि सबै तपाईंको हुनेछ । मेरो नाम जेनी हो ।’ एजेन्सी





