सामुदायिक सेवा समाजको छैटौं साधारण सभामा काँग्रेस निकटको लज्जास्पद हार



१९ साउन २०७६, काठमाडौं

संघीय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक सेवा समाजको छैटौं साधारण सभामा काँग्रेस निकटको बर्चस्व रहेको सामाजिक संस्थामा नेकपाका उम्मेदवारहरुले अत्याधिक मतले विजयी हासिल गरेका छन् ।

२०६१ सालदेखि नियमित रुपमा सामाजिक गतिविधि गर्दै आएको कामपा ७ चावहिल स्थित सामुदायिक सेवा समाजको सिमित पदहरुमा भएको निर्वाचनमा नेकपा निकट समूह विजयी भएको छ ।

समाजको छैटौं साधारण सभामा अधिकांश पदहरुमा सहमति जुटेपनि अध्यक्ष, सचिव र सह–सचिव पदमा सहमति नजुटेपछि काँग्रेस निकट र नेकपा निकटको समूह निर्माण गरी निर्वाचन गरिएको थियो । नेकपाका स्थानीय नेता टिका पराजुलीले सामाजिक संस्थामा बिचारकै आधारमा निर्वाचन भएपनि यसलाई राजनीतिक रङ्ग दिन नहुने बताए ।

कुल खसेका १०८ मतमा अध्यक्षमा नेकपाका समर्थक शिवराम अर्यालले ९० मत पाएका थिए भने प्रत्यासी देवदुत अधिकारीले १० मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा नेकपाकै उत्तम पोखरेलले ८० र हरिभक्त महर्जनले २३ मत प्राप्त गरे । सह–सचिवमा विजयी किशोर खनालले ९० मत ल्याउँदा प्रत्यासी परमेश्वरी बिष्टले ९ मत ल्याएकी थिईन् । खसेका अन्य मतहरु बदर भएका थिए ।

संस्थामा निर्वाचित नयाँ कार्यसमिति :

अध्यक्ष : शिवराम अर्याल
प्रथम उपाध्यक्ष : बिनु खत्री क्षेत्री
द्वीतीय उपाध्यक्ष : डमरु बल्लभ घिमिरे
सचिव : उत्तम पोखरेल
सह–सचिव : किशोर खनाल
कोषाध्यक्ष : बिष्णु कुमार तिमिल्सिना

सदस्यहरु :
पदम हरी पौडेल
लक्ष्मीदेवी पोखरेल
राजमणी भट्टराई
प्रकाश अधिकारी
अनिता ढुङ्गाना
निरज कालिका
मोतिलाल उदास

प्रतिक्रिया दिनुहोस्