
१८ साउन २०७६, काठमाडौं
समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शनिबार विद्यावारिधि शोध गरिरहेका विद्यार्थीहरुलाई पढाएका छन्।
संयोजक डा. भट्टराईले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर विद्यावारिधि शोध गरिरहेका विद्यार्थीहरूलाई लेक्चर दिएका हुन्।
उनले विद्यार्थीलाई नेपालको अर्थ राजनीतिको दिशाको बारेमा लेक्चर दिएका थिए। त्यसैगरी डा. भट्टराईले विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चरित्र, गाउँ शहरको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयहरूमा समेत लेक्चर दिएका थिए।
लेक्चरको पूर्ण पाठः





