नेपाली भू–उपग्रह ‘नेपाली स्याट १’ ले खिचेको तस्वीर सार्वजनिक



१८ साउन २०७६, काठमाडौं

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट १’ ले खिचेको आधा दर्जन तस्वीरमध्ये चार तस्वीर सार्वजनिक भएको छ।

गत अषाढ २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न सुरु गरेको भू–उपग्रहले खिचेको तस्वीरहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको तस्वीर सम्बन्धित निकायमा शुक्रबार इमेलबाट पठाइएको ‘नेपाली स्याट १’ निर्माण गर्नेमध्येका एक नेपाली वैज्ञानिक हरिराम श्रेष्ठले बताए।

उनका अनुसार सार्वजनिक गर्नुअघिल्लो दिनै ‘नेपाली स्याट १’ ले खिचेको तस्वीर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)लाई पठाइएको थियो।

‘भू–उपग्रहले पहिलो तस्वीर सूर्यको र अर्को तस्वीर जापानमाथि बादल लागेको खिचेको छ,’ वैज्ञानिक श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्