
१८ साउन २०७६, काठमाडौँ
महिला गर्भवती हुनु भनेको एउटा सामान्य कुरा हो । तर यो खबर यति आश्चर्य छ कि सायद कसैलाई विश्वास गर्न नै गाह्रो हुन्छ । चीनमा एक बालिका एक वर्षको उमेरमा नै गर्भवती भएकि छिन् ।
बालिकाको पेट दिनप्रति दिन ठूलो हुदै गइरहेको थियो । यसरी दिनप्रति दिन पेट ठूलो हुदैँ जाँदा उसको बाबुआमा आत्तिएर उसलाई अस्पतालमा लगेका थिए । ती बालिकाको स्क्यान गराउदा डाक्टरका साथै उसको बाबु आमा समेत अचम्म परेका थिए ।
वास्तवमा बालिका गर्भवती थिइन् तर उसको गर्भमा अरु कोही नभएर उसको जुडुवा भाई हुर्किरहेको थियो । डाक्टरका अनुसार ती बालिकाको आमाको गर्भमा भ्रूण विकास भएका कारण आफ्नै बहिनीको गर्भमा भाई हुर्किरहेको हो । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । डाक्टहरुले सर्जरी गरी त्यस भ्रूणलाई बाहिर निकालेका छन् । साथै ती बालिका पनि सुरक्षित छिन् ।





