मदन भण्डारी फाउण्डेशन बूढानीलकण्ठको अध्यक्षमा खड्का निर्वाचित



१७ साउन २०७६, काठमाडौं

मदन भण्डारी फाउण्डेशन काठमाडौंले आयोजना गरेको भेला मार्फत कैलाश खड्काको नेतृत्वमा १५ सदस्सीय बूनपा नयाँ कार्यसमिति गठन भएको छ ।

फाउण्डेशन बूढानीलकण्ठको नयाँ कार्यसमिति

अध्यक्ष : कैलाश खड्का

सदस्यहरु :
टिकेश श्रेष्ठ
ध्रुव भट्टराई
सरद न्यौपाने
भगवती निरौला
निशा बराल
कमला पन्त
गणेश मिश्र|
राधिका अधिकारी
पुरुषोतम सापकोटा|
सोभा तिमल्सीना
मीना बयलकोटी
शुसिल महर्जन
विष्णु पौडेल
शम्भु शरण पौडेल

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई स्थापित गर्दै सामाजिक कार्यक्रम मार्फत भण्डारीलाई जीवन्त राख्न फाउण्डेशनको स्थापनाकाल देखि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भेषराज अधिकारीले आफ्नो मन्तव्य राख्दै नेकपाले राजनीतिक बिचार जे राखे पनि फाउण्डेशनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नै आफ्नो मार्ग दर्शक सिद्धान्त मान्ने प्रष्ट पारे ।

कार्यक्रममा फाउण्डेशन काठमाडौं शाखाका अध्यक्ष दीपक निरौलाले भण्डारीको बिचारलाई टोलटोलमा स्थापित गर्न नगर कार्यसमितिले भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा सांसद सरिता न्यौपाने, बूनपा उपप्रमुख रमादेवी राई समेतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता फाउण्डेशन काठमाडौं जिल्ला सदस्य गोबिन्द कटुवालले गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्