
१७ साउन २०७६, काठमाडौं
३३ किलो सुन प्रकरणका अभियुक्त व्यवसायी महावीर प्रसाद गोल्यान धरौटीमा छुट्ने भएका छन्।
शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालाल माथेमाको संयुक्त इजलासले गोल्याललाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
उनीबाहेक अन्यको हकमा उच्च र जिल्ला अदालतको फैसला नै सदर गरेको छ।
निलम्बित डिएसपी सञ्जय राउत, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, हेमन्त गौतम, विमल पोद्धार, राजेन्द्रकुमार शाक्य, भुजुङ गुरुङलगायत २९ जनाको हकमा भने उच्च अदालतको फैसला सदर गरेको हो।





