
१७ साउन २०७६, काठमाडौँ
विवाह भनेको एक अर्कामा समर्पित भएर जीवन बिताउने एउटा पबित्र बन्धन हो । विवाहले दुइ परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । तर यहाँ विवाहले नयाँ मोड लिएको छ । बेहुलीले आफ्नै बेहुलाको रामधुलाई गरेकी छिन् ।
यो घटना चिनमा घटेको हो। विवाहको दिन मण्डपमा दुलही त उपस्थित भईन तर दुलाह नै आएनन् । एक अर्कालाई हेराहेर गरेर, मन पराएर विवाहको मिति तय गरिएको थियो । दुलही विवाहको पहिरनमा सजिएर दुलाहालाई पर्खिरहेकी थिइन् । तर दुलाहा आएन् ।
केहि समयपछि जब दुलहीले आफ्नो हुनेवाला श्रीमानलाई भेटिन् तव उनले बेहुलाको रामधुलाई गरिन् । सार्वजनिक भएको उक्त भिडियोमा केटीले बैवाहिक पहिरनमा केटालाई घिसारी रहेको देखाईएको थियो ।





