मिचिएको सडक पुनः ८ मिटर कायम गर्न बूनपा ११ को जरुरी सूचना



१७ साउन २०७६, काठमाडौं

बूढानीकलण्ठ नगरपालिका वडा नं. ११ ले अनियन्त्रित आवास तथा अन्य विविध कारणले आनीगुम्बादेखि शिव मन्दिर शहिद पार्क जोड्ने बाटोको चौडाई खुम्चन गई दोहोरो सवारी आवगमनमा असहज भएको हुँदा सम्बन्धित सरोकारवालाहरुलाई छलफलको लागि सूचना जारी गरेको छ ।

जारी सूचनामा आनीगुम्बा सडकखण्ड अन्तर्गतको बाटो पहिला देखि नै ८ मिटर कायम गरिएकोमा हाल विविध कारणले बाटो मिचिन गई सडकको चौडाई पुनः ८ मिटर नै काय गर्न सडक छेउका घर तथा जग्गाधनीहरुलाई छलफलमा सहभागीताको लागि अनुरोध गरिएको
छ ।

छलफल यही साउन २० गते सोमबार आनीगुम्बा परिसरमा बिहान ८ बजे हुने जानकारी गराईएको छ ।

बूनपा ११ द्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्