बनमन्त्री बस्नेत विद्युतीय कारमा सरर…



१७ साउन २०७६, काठमाडौं

बन तथा वातावरणमन्त्री शक्ति बस्नेतले विद्युतीय कार चढ्न थालेका छन्।

सरकारले विद्युतीय गाडीको प्रयोग बढाउने र डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने नीति लिइरहेका बेला वन तथा वातावरणमन्त्री शक्ति बस्नेत विद्युतीय कार चढ्न थालेका हुन्।

मन्त्री बस्नेतले विश्वप्रसिद्ध कोरियाली कार उत्पादक हुन्डाईको ५५ लाख पर्ने र पूरा चार्ज गरेपछि ३ सय किलोमिटरसम्म गुड्ने कार चढ्न थालेका हुन्।

रणनीतिक रुपमा वातावरणमैत्री सवारी प्रयोगको सन्देश दिन र सरकारको नीति बमोजिम नै विद्युतीय कार चढ्न थालेका मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

सरकारले वि.स. २०७१ मै वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गरेको थियो। वायु प्रदूषणका कारण पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधन घटाउँदै लगेर विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न नीति ल्याएको थियो।

 

प्रतिक्रिया दिनुहोस्