
१७ साउन २०७६, काठमाडौं
भारतको उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एउटा अनौठो घटना घटेको छ । ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन महिलाको पति तथा ठूला ठूला छोराछोरी छन । एकजना छोराको त बिहेपनि समेत भैसकेको छ ।
महिलालाई छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका थिए । छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग परिचित भईन र अन्ततः उनीहरुबीच प्रेम भयो । ५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन ।
मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए । पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो । ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ । ती युवक र महिलाको खोजीकार्य भैरहेको छ । एजेन्सी





