पहिरोले पुरिएर स्काभेटर र चालक बेपत्ता



१७ साउन २०७६, काठमाडौं

सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा शुक्रबार बिहान पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता छन्।

गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोकको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटर बेपत्ता भएको बताइएको छ।

स्काभेटर माथिबाट खसेको माटोको ढिस्कोले पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए।

उनकाअनुसार घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्