मधेशी आयोगद्वारा विषय विज्ञका लागि सूची दर्ता सूचना आव्हान



१७ साउन २०७६, काठमाडौं

मधेशी आयोगले आ.ब. २०७६/७७ मा संचालन गर्ने विविध गतिविधिका लागि विज्ञहरुको आवश्कता पर्ने भएकोले सूची दर्ता सूचना आव्हान गरेको छ ।

आवश्यक कागजात र निवेदन सहित योग्य आवेदकहरुले २१ दिनभित्र आयोगको केन्द्रीय कार्यालय ज्वागल, ललितपुरमा पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

जारी सूचनामा आयोगले भाषा, मधेशीको सशक्तिकरण र सम्बर्धन,  मधेशी समुदायको इतिहास, मधेशी समुदायको थर आदि सम्बन्धी विविध कार्यक्रम गर्न विज्ञ चाहिने भएकोले विज्ञ सूची दर्ताको सूचना निकालेको हो ।

बिभिन्न विषयमा विज्ञको रुपमा दर्ता हुन आयोगले आवश्यक योग्यता तोकेको छ ।

आयोगद्वारा प्रकाशित निवेदनको ढाँचा :

प्रतिक्रिया दिनुहोस्