कोरियाले बनायो भोक लाग्दा खान मिल्ने यस्तो कपडा



१७ साउन २०७६, काठमाडौँ

आणविक परीक्षणको समाचारले चर्चा बटुल्ने उत्तर कोरियामा हालै शरीरमा लगाउनेसँगै भोक लाग्दा खान मिल्ने किसिमको कपडा निर्माण गरेको छ ।

जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार्वजनिक गरेको हो । जसमध्ये कतिपय कपडा खानयोग्य रहेको बताइएको छ।

यसरी कठिन यात्रामा गएका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो ज्याकेट उत्पादन गरिएको बताइएको छ । उत्तर कोरियास्थित खाद्य तथा दैनिक उपभोग्य वस्तुको मन्त्रालयसँगको सहकार्यमा किमको वस्त्र अनुसन्धान केन्द्रले यस्तो क्याटलग राखेको बताइएको छ ।

ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्रोटिन, एमिनो एसिड, म्याग्नेसियम, फलको रस, आइरन, क्याल्सियम जस्ता खाद्य वस्तु मिलाइएको हुँदा यसले भोकमरीबाट बचाउन सक्ने बताइएको हो । यसरी सजिलै पानीमा घुल्न सक्ने भन्दै यी कपडाको प्रचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्