
१६, साउन २०७६, काठमाडौँ
भारतको गुजरात राज्यको महीसागरमा ६० वर्षका वृद्धलाई एक विषालु सर्पले डसेपछि रिसमा उनले पनि सर्पलाई टोकेका छन् । पर्वत गाला नामका वृद्ध खेतमा काम गर्दै थिए, त्यसै क्रममा उनलाई विषालु सर्पले डसेको थियो ।
सर्पले मुख र हातमा डसेपछि उनले पनि दौडेर सर्पलाई हातले समातेर दाँतले लुछेका भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
सर्पको विष फैलन नपाउँदै सर्प मर्यो । त्यस लगत्तै उनलाई स्थानीयले अस्पताल लगेका थिए । उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो ।





