स्थानीयको सुझाव अनुसार काम गरिरहेका छौ : वडाध्यक्ष शम्भु भट्टराई



१६ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले स्थानीयको सुझाव अनुसार काम गरिरहेको बताएका छन् ।

वडा कार्यालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रममा भट्टराईले स्थानीयको माग अनुसार भौतिक निर्माण लगायतका काम गर्न वडामा अहिले अनुमानित वजेट ६ करोड बजेट आवश्यक भएपनि नगरबाट छुट्याईएको बजेट जम्मा १ करोड ८५ लाख मात्र रहेकोले वडावासीको माग पुरा गर्न नसकेको जानकारी दिए ।

नगर सुशासन समितिको संयोजक समेत रहेका अध्यक्ष भट्टराईले नगर भित्र १३ वटै वडामा मुस्कान सहितको सेवा नभएकोमा त्यसलाई कार्यन्वन गर्न आफु लागि परेको बताए ।

यसैगरि कार्यक्रममा कार्यपालिका तथा वडा सदस्य शान्ता ढकालले वडाले गरेका महिला तथा बालबालिका लक्षित बजेट उपलब्धीमूलक रहेको बताईन् ।

वडा भित्र रहेका सबै महिला समूह एकिकृत भै वडामा राम्रो काम गरी महिलाहरु आफैँ आत्मनिर्भर हुँदै व्यवसाय तर्फ उन्मुख भएका छन्, त्यसमा हामीले गर्व गर्नु पर्छ उनले भनिन् ।

नगर लेखा संयोजक तथा वडा सदस्य पुरुषोतम नेपालले वडामा राम्रोसँग कामहोस् भनि जिम्वेवारपूर्ण काम गर्न टोलसुधार समितिलाई जिम्मेवारी दिएको बताए ।

वडा सदस्य डिल्ली प्रसाद खतिवडाले दुईवर्ष भित्र वडामा ४२ वटा विजुलीका पोल फेरीनुका साथै थप ८०० घरधुरीलाई पानीको समस्याबाट मुक्त बनाएको बताए ।

त्यसैगरी वडा सदस्य मीना बयलकोटीले वडामा भएका विभिन्न तालिम तथा सीपमूलक काम उपलव्धीमूलक रहेको बताउदै आउँदा दिनमा अझ सुधार गर्दै व्यवस्थित रुपमा संचालन गर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्