
१६ साउन २०७६, काठमाडौँ
साउदीको मारोकेच सहरस्थित एक अस्पतालमा गत शुक्रबार उपचारका लागि एक बिरामी भर्ना भएका थिए । उपचार गर्न भर्ना भएका ती बिरामीलाई डाक्टरहरूले मृत घोषणा गरिदिएपछि परिवारहरूले अन्तिम संस्कारका लागि ती व्यक्तिलाई लिएर गएका थिए। मस्जिदबाट धर्मगुरू बोलाएर सबै खालको तयारी पुरा गरिएको थियो।
त्यस पछि धर्मगुरूले मृत व्यक्तिलाई अन्तिम बिदाइ गर्न नमाज पढ्न सुरू गरे। तर मृत भनिएका व्यक्तिको अन्तिम बिदाइ हुँदै गर्दा जरुक्क उठे। अन्तिम संस्कार गर्न तयारी पारेको व्यक्ति उठेको देखेर धर्मगुरूलाई हृदयघात भयो । त्यस पछि उपचारका लागि अस्पताल लैजाँने क्रममा धर्मगुरूको बाटोमा नै मृत्यु भएको हो ।





