गोरखामा भजन मण्डली बन्द गरी ४० क्रिश्चियन परिवार हिन्दूमा फर्किए



१५ साउन २०७६, काठमाडौं

हिन्दू युवा संयोजन अभियान नेपाल र स्थानीय आमा समूहको पहलमा गोरखा नगरपालिका वडा नं. १ ताप्ले दलित बस्तीका ४० क्रिश्चियन परिवार हिन्दूमा फर्किएका छन् ।

पोखरामा केन्द्रीय कार्यालय रहेको सच्चाइ केन्द्र नेपालले तिन चार महिनादेखि गोरखाका विपन्न तथा दलित बस्तीमा आफ्ना गतिविधि बढाई क्रिश्चियन धर्ममा लाग्न प्रेरित गरेको अभियान नेपालका अभियन्ता जीवन भट्टले जानकारी दिए ।

अज्ञानता र आर्थिक प्रलोभनमा परी आफूहरुले धर्म परिवर्तन गर्न लागेको एक स्थानीयले जानकारी गराए । आइन्दा अबबाट आफूहरुले त्यस्तो कार्य नगर्ने समेत उनीहरुले प्रतिबद्धता जनाए ।

सच्चाइ केन्द्र नेपालको धर्म परिवर्तन गराउने नौलो तरिका :
पोखरामा ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले गाउँघरतिरका आर्थिक विपन्न्न परिवार तथा शिक्षाको कमि भएका परिवारलाई आर्थिक प्रलोभन वा धाकधम्की दिएर धर्म परिवर्तन गराउँदै आएका छन् ।

नयाँ तरिकामा हिन्दुहरूले अहिलेसम्म मान्दै आएका चाडपर्व मान्न दिने, सिन्दुर चुरा पोते लगाउने, श्राद्ध गर्ने जस्ता कार्यहरूमा कुनै रोकावट लगाईएको छैन । विभिन्न रितिरिवाज तथा चाडपर्व मान्न दिने तर येशु र बाइबलबारे ज्ञान दिने उनीहरूको नयाँ तरिका हो ।

यसका सदस्यहरू हेर्दा हिन्दु जस्तै देखिन्छन्, तर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिड्छन् । उनीहरू बर्मा, विष्णु महेश्वर आदी देवतालाई मान्छन्, तर सृष्टिकर्ता भने येशु नै भएको दावी गर्छन् । यसबाट उनीहरूले गुणात्मक भन्दा संख्यात्मक रुपमा क्रिश्चियनहरू बढाउँदै लगेका छन् ।’ अभियन्ता भट्टले भने ।

प्रतिक्रिया दिनुहोस्