
१५ साउन २०७६, काठमाडौं
काठमाडौंमा रगतको खोला जस्तै नदि बगेको छ । यो नदी कुनै रक्तकुण्ड वा रगतको नदी भन्दा केहि कम देखिदैन् । चन्द्रागिरी वडा नं. १५ स्थित ढुङ्गेअड्डा बल्खुखोलामा रगत झैं देखिने खोला बगरिहेको छ । नदिमा प्रिन्टिङ प्रेस उद्योगबाट निस्किएको विषादी केमिकल खोलामा जथाभाबी मिसिदा खोला रगताम्य जस्तै देखिएको छ । यस क्रियाकलापबाट हाम्रो खोलानाला कतिको सफा र सुन्दर छ भन्ने कुरा यहाँबाट स्पष्ट देखिएको छ ।
किन यस्ता बिषयमा स्थानिय निकाय मौन बसेको छ ? किन मौन छन् १५ नं. वडाका अध्यक्ष उत्तम बहादुर राउत ? किन यस्ता गैर क्रियाकलाप गर्नेलाई छुट दिरहेको छन् उनले ? यस्ता यावत प्रश्न खडा भईरहेका छन् तर उत्तर कस्ले दिने ? कानुनले खोलामा जथाभावी फोहोर गर्ने, दुरुपयोग गर्ने, अतिक्रमण गर्ने विरुद्ध कारबाहीको प्रावधान गरेको छ तर यस्ता बिषयमा स्थानीय सरकारको ध्यान केन्द्रित भएको देखिदैन् ।
खोलानाला हाम्रा सभ्यता र सम्पदा हुन् । स्वच्छ र सफा नदिनाला कायम राख्नु हाम्रो कर्तव्य पनि हो । चन्द्रागिरीमा नियमयनकारी निकायले ध्यान नदिदा खोलामा जथाभाबी प्रदुषण गर्ने, खोलामा फोहोर फ्याक्ने, ढल मिसाउने जस्ता अवान्छनीय कार्य भईरहेको छ । चन्द्रगिरीका मुख्य खोला र सहायक खोलाहरु विभिन्न वडाहरुमा आउने गरेको छ । जस्तै नागढुङ्गा, थानकोट, पलम्बु, माथातिर्थ, सतुङ्गल, नैकाप र पुरानो नैकाप, नयाँ नैकाप मच्छेगाउँबाट आउने साहयक नदि बल्खुखोलामा मिसिई बग्ने गरेका छन् ।
दहचोकबाट आउने इन्द्रावती, थानकोटबाट आउने भत्मावती, बागभञ्याङबाट आउने एच्छेम्तीको प्रवित्र त्रिवेणी एक धार्मिक ऐतिहासिक र पौराणिक महत्व बोकेको स्थान पनि हो । यहि नदि धार्मिक स्थान बिष्णुदेवि मन्दिर हुदैं ढुङगेअड्डा, खत्कुलेको पुल कलङकी हुदैं बाहिरिएको छ । विभिन्न बहानामा सजिलोको लागि नदिमा ढल, रसायनिक पदार्थ, पशुपन्छी काटेर रगत, फोहोरहरु मिसाएर नै चन्द्रागिरीको स्वरुप नै दिनप्रतिदिन बिग्रदै गएको छ ।
आमाको मुख हेर्ने ठाउँले परिचित हिन्दुहरुको प्रवित्रा तिर्थस्थल मातातिर्थ खोला हो् या हाईविजन नजिकैको खोला–थाङकोट खोला अब बिस्तारैबिस्तारै यसै गरि रगतको खोला या ढल खोलामा परिणत हुदै गईरहेको छ । यसले हाम्रो सम्पदा अनि हाम्रो धर्म संस्कृती लगायतका काठमाडौंबासीलाई नै ठूलो असर पुर्याइरहेको छ ।





