
१५ साउन २०७६, काठमाडौं
हेटौंडामा ८८४ जना सांसदहरुको सामूहिक श्राद्ध गरिएको छ।
गत ०६२/६३ सालपछि प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र अन्य राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको भन्दै स्वतन्त्र नागरिक राकेश कुमार शर्माले ८८४ जना सांसदहरुको सामूहिक श्राद्ध गरेका हुन्।
हेटौंडाको बुद्ध चोकमा श्राद्ध गरेका शर्माले अब हाम्रो मुलुकमा राष्ट्रहित, जनहित र राष्ट्र विकासको लागी श्री ३ जंग बहादुर राणा र श्री ५ महेन्द्र शाह जस्ता आँटिलो, साहसिक र हिम्मत भएकाको आवश्यकता छ भन्दै मन्त्र उच्चारण गरेका थिए।





