सांसद जीवनराम श्रेष्ठको पहलमा ३३ बर्षपछी धिमेल्वहँमा गथांमुग: पर्व मनाईयो



१५ साउन २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा -१५ धिमेल्वहँ टोलमा गथांमुग: पर्व मनाइएको छ। बन्द भएको ३३ वर्ष पछी प्रतिनिधि सभा सदस्य जीबनराम श्रेष्ठको पहलमा पुन शुरु भएको पर्वमा कामपा १५ वडा अध्यक्ष एबं महानगर प्रबक्ता ईश्वरमान डगोल, क्लबका पदाधिकारीहरु, स्थानीय जनसमुदाय तथा विदेशी पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेवारहरुकाे माैलिक चाड गथांमुग: पर्व, घण्टाकर्ण नरकतको त्रिकोन बनाएर बली दिने माटोको भाँडाे (बाैपाः) मा च्वका बजि (काँचाे चिउरा) आदि राखी तान्त्रिक बिधिबाट पुजा गरि टाेलबासीलाई दुःख दिने भूत प्रेत पिसाचलाई धपाउने नेवारहरुकाे माैलिक चाड गथांमुग: पर्व मनाई नरकतको घण्टाकर्णलाई धिमेल्वह टोल, निपुहिति:, डल्लु चौतारा हुदै बिष्णु मति लगी विसर्जन गरियो ।

गठेमगंललाई नेवाः भाषामा गथांमुगः भनिन्छ र यसै शब्दवाट अपभ्रशं हुँदै नेपालीमा गठेमंगल भएको बताइन्छ । यस दिन बाटाबाटामा राक्षसहरु या प्रेतआत्माहरुका लागि भनेंर पात या बोहोता, दुनाटपरीमा पाकेका भात अनि खानेकुराहरु राखिन्छ , मुख्यतया दोवाटाहरुमा यस्ता खानेकुराहरु राखिन्छ । यस्ता खानेकुराहरु राख्नाले र पूजा अर्चना गर्नाले भुतप्रेत पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यवाट समेत जोगिने बिश्वाश गरिन्छ ।
गठेमगंलमा घन्टाकर्ण भन्ने भिमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ , उक्त राक्षसको मृत्यू पछि धेरै जना त्रास र भयवाट मुक्त भएको संझना गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भनें भगवान शिवका उदण्ड भक्तका रुपमा लिइन्छ भनें बौद्ध धर्ममा भैरवको दुतका रुपमा पनि लिइन्छ ।

घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ र यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो बस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ ।

अन्त्यमा यस्ता प्रतिमाहरुलाई खोलामा लगेर बगाइन्छ या आगो बालेर जलाइन्छ । यसरी सेलाँउदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरु माथि बस्ने चलन छ । यसअर्थमा गठेमगंल नराम्रो शक्तिमाथि मानवता को जीतका रुपमा लिन सकिन्छ ।

गठेमगंलवाट लाखे नाच पनि शुरुवात हुन्छ, लाखे नाच एक महिनासम्म चल्दछ । प्राचिनकालमा पानी या सरसफाईका कारणले सामान्य पेट दुख्ने या वान्ता हुने समस्याहरु हुँदा पनि ज्ञान या सुचनाको अभावमा मान्छेहरुले भुतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुनसक्दछ हाम्रो सस्कारहरुमा भगवान र भुत दुबैले उत्तिकै आकर्षण पाएका छन ।

यस दिनमा मान्छेहरुले गठेमगंलको औंठीका रुपमा धातुको औंठी लगाउने चलन छ, सम्पूर्ण रुपमा नराम्रा शक्तिहरु र दुर्भाग्यवाट समेत गठेमगंलको औंठीले सुरक्षा दिने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्