प्रतिनिधिसभा बैठकः कांग्रेस/राजपाको अवरोध कायमै



१५ साउन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेका छन्।

उनीहरुले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए।

सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि कांग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर सदन अवरोध गरे।

कांग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन्।

पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो ।

कांग्रेस र राजपाले यसभन्दा अगाडि पनि पटक पटक संसद अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्