
१४ साउन २०७६, काठमाडौं
बाजुराबाट एक वर्षमा ६४ जना बालबालिका बेपत्ता भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।
गएको साउनदेखि यता बालबालिका तथा महिला गरि ६४ जना बेपत्ता भएका तथ्यांक बाजुरा प्रहरीले सार्वजनिक गरेको हो।
हराउनेमा २६ जना बालक, २० जना बालिका र १९ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आफन्त र नजिककाहरुले दिएका निवेदनका आधारमा ६४ जना भनिएपनि विदेश जाने बहानामा अरु पनि हराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
हराएकामध्ये ३७ जना भने फेला परेको प्रहरीले जनाएको छ। खोजी तथा अनुसन्धानबाट १९ जना बालक, १३ बालिका र ५ जना महिला फेला परेका हुन्।
यसै वर्ष मात्र प्रहरीले ७ जना बेवारिसे अवस्थामा रहेका बालबालिकालाई आफन्तको जिम्मा लगाएको थियो।





