मदन भण्डारीको नाममा विश्वविद्यालय खालिँदै



१४ साउन २०७६, काठमाडौं

सरकारले नेपाल कम्युनिष्ट पार्टीका आदर्श तथा जननेता मदन भण्डारीको नाममा विश्वविद्यालय खोल्ने भएको छ।

मकवानपुरमा खोल्न लागिएको विश्वविद्यालयका लागि व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा दर्ता भएको छ। ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय जरुरी रहेको बताएको छ।

नाममा विज्ञान तथा प्रविधि भनिएपनि पढाइ भने सबै संकायमै हुने बताइएको छ।

‘विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजशास्त्र, व्यवस्थापन, कानून र न्याय लगायतका विषय र क्षेत्रमा मलुकुभर विश्वस्तरीय जनशक्ति उत्पादन तथा नयाँ ज्ञान र प्रविधिको विकासमा थप योगदान पुर्‍याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ।’ विश्वविद्यालय स्थापनाको उद्देश्यमा भनिएको छ।

विश्वविद्यालयको संरक्षक समितिमा नेकपा मातहतमा रहेको मदन भण्डारी फाउण्डेसनका अध्यक्ष र उनले तोकेका दुईजना सदस्य रहने प्रावधान समेत विधेयकमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्