सलम्पाखा अधिकारी गाउँ टोल सुधार समाजको रक्तदान कार्यक्रम सम्पन्न



१४ साउन २०७६, भक्तपुर

सलम्पाखा अधिकारी गाउँ टोल सुधार समाज र कम्युनिटी मेडिकल सेन्टरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हिमाल ब्लड टान्फ्युजन सेन्टरको निशुल्क प्राविधीक सहयोगमा रहेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए । साथै स्वास्थ्य उपचारका लागि आर्थिक समस्या झेल्दै आएकाहरुको लागि समेत स्वेच्छिक आर्थिक सहयोग संकलन गरिएको संस्थाका उपाध्यक्ष र्निमल हुमागाईले जानकारी गराए ।

सहयोग संकलन पश्चात रामेछाप लिखु तामाकोसी गाउपालिका वडा नं. ७ स्थायी घर भई हाल भक्तपुर सुर्य विनायक नगरपालिका वडा नं. ३ बस्ने मृगौला पिडित सागर खड्काको उपचारका लागि एक लाख नगद सहयोग समेत गरिएको थियो ।

समाजका सचिव दुर्गा प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष रमेश कुमार अधिकारी, सूयबिनायक वडा नं. ३ का वडाध्यक्ष शिवसरण खत्री, समाजसेवी राजकुमार सिल्वाल, बालकोट खाने पानी उपभोक्ता समितिका सचिव हरी शरण अधिकारी, तुवाचोटार टोल सुधार समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु, स्थानिय सहकारीका पदाधिकारी र टोलवासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्