सृजना बनिन् ‘मिसेज नेपाल ग्रान्ड’



१४ साउन २०७६, काठमाडौँ

दोश्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन्।

काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि सहित विभिन्न उपहार जितेकी हुन् । नले मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधि पनि जितेकी थिईन् ।

गृहणीहरुको व्यक्तित्व विकासको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइएकी हुन् ।

यो प्रतियोगितामा भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधि उषा राना केसीले, बेस्ट हेयरको उपाधि रविना थापाले, बेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, बेस्ट स्किन र बेस्ट स्माईल उपाधि पूर्णिमा कोईरालाले र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हाँसिल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्