
१४ साउन २०७६, काठमाडौँ
आफ्नो परिवारले चाहेको जस्तो छोरा बन्न नसकेको भन्दै एक युवकले अत्यन्त मार्मीक भावुक ‘पत्र’ लेखेर नोट लेखेर संसारबाट बिदा भएका छन् ।
महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा कक्षा १२ मा अध्ययनरत सुरज लेखकले लेखेको पत्रमा विद्यालयबाट धेरै कम्प्लेनहरु आइरहने र तनाव भइरहने भएकाले अविभावकलाई धेरै टेन्सन दिएर बाँच्न नचाहेको ‘पत्र’ मा उल्लेख गरेका छन् ।
उनले शिक्षककको नाममा ‘पत्र’ लेखेर आफ्नै कोठामा पासो लगाएर बिदा भएका हुन् ।
‘पत्र’मा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बाँच्न सक्दिन । हजुरको सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्तो बनाउनु चाहनु हुन्थ्यो, म त्यस्तै बन्न सकिन, म मरे पनि दुई दाजुहरू छन् । उनीहरूलाई राम्रो पढाउनु, म त हजुरको नालायक छोरा न परे, अब खुसीसँग बस्नु ।

कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेका थिए। तर पत्रमा सुरजले आफूले चुरोट पिउन छाडेका पनि एक वर्ष भइसकेको लेखेका छन् ।
सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर आत्म हत्या गर्न बाध्य पारिएको भन्दै हरिलाल जोशीलाई आरोप लगाएका छन् । ‘पत्रमा ’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको समेत डिएसपी बमले जानकारी दिएका छन्।





