नेकपा अध्यक्ष प्रचण्ड यूएई जाँदै



१४ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार (आज) यूएई जाँदै छन्।

पत्नी सीता दाहालको उपचारको लागि भनिएपनि अध्यक्ष प्रचण्डको यो भ्रमणलाई विशेष रुपमा लिइएको छ।

प्रचण्ड पत्नीसँगैं छोरीहरु रेनु, गंगासहित नातिनातिना पनि भ्रमणमा रहने बताइएको छ।

प्रचण्ड आगामी १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्