पूर्वराजा सुल्तान छोरो जन्मिएपछि पत्नीमाथि शंका गर्दै : नयाँ बच्चाको बावु को ?



१३ साउन २०७६, काठमाडौँ

२७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तान मुहम्मद भीबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् भएको छ ।  पूर्वराजा सुल्तानले नयाँ सन्तानमाथि नै आशंका गरेपछि यस्तो अवस्था आएको हो ।

पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए ।

राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तानले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्टोक्ति दिएका छन् ।

मलेसियाका मिडियाले डिभोर्स पेपर तयार भइसकेको जनाएको छ। तर ओक्साना भोएभोदिनाले मलेसियन एक पत्रिकासँग बोल्दै ‘यो एक निराशाजनक अवस्था मात्रै भएको तर आफूहरुले डिभोर्स नगरेको प्रतिक्रिया दिएकी छन्’ । इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘म उनको जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु । र म आफ्नो जीवनको अन्तिम क्षणसम्मै उनीसँग बाँच्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्