ऋणमा डुबेपछि कर्जा उतार्न ७७ वर्षको उमेरमा मोडलिङ गर्दै छिन् यि महिला



१३ साउन २०७६, काठमाडौँ

दक्षिण कोरियामा एक महिलाले ७७ वर्षको उमेरमा मोडलिङ थालेकी छिन् । चोई सुन नाम गरेकी ती महिलाले  बाध्यताले आफू मोडलिङमा लागेको बताएकी छिन् । एउटा अस्पतालमा काम गर्ने उनी ऋणमा डुबेपछि कर्जा उतार्न मोडलिङमा लागेकी हुन् ।

जब उनले टिभीमा धेरै मोडलहरुले विज्ञापन गरेको देखिन्, तब उनलाई पनि आफूले पनि कुनै मोडलिङ गर्नु पर्ने याद आयो। त्यसैले अहिले उनी दक्षिण कोरियाको फेसन सिम्बोल बनिसकेकी छिन् ।

उनलाई पतिले छोडिदिएपछि उनले आफ्ना बच्चाहरु पाल्न निकै संघर्ष गर्नु पर्यो । उनले भनेकी छिन् ‘काम गर्दा मैले खाना खाने पैसासमेत हुँदैनथ्यो, ‘त्यसैले जीवन बदल्न मैले मोडलिङलाई छानेँ ।’ उनले आफूले मोडलिङ सुरु गरेपछि जीवन सहज हुन थालेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्