
१३ साउन २०७६, काठमाडौँ
भारतका १३ बर्षीय ललित पाटिदारको कलिलो उमेरमै अनुहारभरी कपाल पलाएको छ । वेरउल्फ सिन्ड्रोम रोगका कारण उनको अनुहारभरी कपाल पलाएको चिकित्सकहरुले बताएका छन् । उनको अनुहारमा झण्डै ५ सेन्टिमिटर सम्म लामा भुत्ला छन् ।
यो रोगको उपचार छैन । उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइकोसिस भनिन्छ ।
जन्मैदेखि ललितको अनुहारभर असामान्य रौँ हरु थिए । उनको टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा हुदा निकै कष्टप्रद जीवन विताउन बाध्य छन्। सुरुवाती दिनमा उनका साथीहरु नजिक आउनै डराउने गरेको भएपनि अहिले चाहीँ सबैले सामान्य व्यवहार गर्न थालेका छन् , उनकी आमाका अनुसार ललित पढाई र खेलकुद दुवैमा राम्रो गरिरहेका छन्।
कतिपय मानिसले आफूलाई देखेर बाँदर समेत भन्ने गरेको र कतिपयले त ढुंगाले हिर्काउने गरेको उनी बताउँछन् । भारतीय प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने उनको इच्छा रहेको छ ।





