श्रीमानले श्रीमतीको गतिबिधि नियाल्न सिसि क्यामरा जडान्



१२ साउन २०७६, काठमाडौं

संसारमा बिभिन्न किसिमका घटना घट्ने जारी रहिरहको नै हुन्छ । त्यस क्रममा भारतको त्रिपुराकी एक श्रीमानले आफ्नो श्रीमतीको निगरानीको लागि घरमा सिसि क्यामरा जडान् गरेको छ । उनले आफ्नो श्रीमतीलाई नियन्त्रणमा राख्नको लागि सिसिटिभी क्यामरा जोडेका थिए । त्यसपछि महिलाले आफ्नो श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन ।

इन्डियन समाचार अनुसार जहाँ घटनाको उजुरी दिने महिला र घरमा सिसिटिभी जोड्ने श्रीमानबीच तीन वर्ष अघि विवाह भएको थियो । श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा सिसि क्यामरा राखे । त्यो पनि चोर वा अन्य असुरक्षाको कारणले नभई आफ्नै श्रीमतीको गतिबिधि नियाल्ने नियतले उक्त सिसिटिभी राखिएको थियो । आफू सिसिटिभीको नियन्त्रणमा रहनुपरेपछि ति महिला घर छोडेर माइती गइन ।

महिलाका अनुसार उनका श्रीमानले क्यामरा घरमा छिर्ने गेट, सासुको कोठा, बैठक कोठा र उनीहरुको बेडरुममा राखेका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट गरिएको थियो, जहाँबाट सासुले आफ्नो बुहारीको निगरानी गर्दथिन । महिलाले प्रहरीलाई दिएको उजुरी अनुसार महिलालाई विवाहको केही दिनपछिदेखि दाइजोका लागि प्रताडित गर्न थालिएको थियो ।

विवाहका बेला दाइजोको कुरै नगरेको उनको माइतीले दाइजो नदिएको तर बिबाहपछि दाइजो मागेर श्रीमानको परिवारले दाईजोको निहुमा उनलाई दुस्ख दिन थालेको थियो । त्यसपछि उनको माइती परिवारले एक पैतृक जमिन बेचेर दुई लाख भारु दाइजोस्वरुप दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्