
१२ साउन २०७६, कञ्चनपुर
कञ्चनपुरमा आफ्नै पिताले १४ वर्षीय छोरीलाई बलात्कार गरी बनाएको अश्लिल भिडियो सार्वजनिक भएको छ ।
रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका उनका पिता एक हप्ता अगाडि नेपाल आएका हुन् । नेपाल आएको समयमा नै उनले त्यस्तो कर्तुत गरेको हुन सक्ने छिमेकीले जनाएका छन् । पिताको मोबाईलमा सेभ गरिराखेको भिडियो कान्छी छोरीले सारी लगाएको फोटो खिची हेर्ने बेलामा फेला पारेकी थिईन् ।
लगत्तै उनले यसबारे आफ्नी आमालाई बताएकी थिईन् । आफ्नो पतिको यस्तो हर्कत थापा पाएपछि उनले गाउँले तथा प्रहरीलाई खबर गरेकी थिईन ।





