बूनपा १० द्वारा आयोजित प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि फेरिल्याण्ड स्कूललाई



१२ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० द्वारा आयोजित वडा स्तरीय प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि फेरिल्याण्ड स्कूल, बालुवाखानीले जितेको छ ।

बिजेता टोलीलाई बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले नगद रु. २०,००० सहित मेडल प्रमाणपत्र, ट्रफी प्रदान गरेका थिए । यहि श्रावण १० र ११ गते सम्पन्न प्रतियोगिताको प्रतियोगितामा त्रिनेत्र विद्या निकेतन उपविजता बनेको छ । उपविजेता टिमले नगद रु. १०,००० सहित सहित मेडल प्रमाणपत्र, ट्रफी प्राप्त गरेका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा नगरप्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकपिरको उपाधि पनि फेरिल्याण्डकै पुरुषोतम थापा र सन्दिप मगरले हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्