प्रधानमन्त्रीको बुद्धि बङ्गारो खुस्कियो…



११ साउन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नक्कली बिरामी नभएको बताएका छन् ।

शनिबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन समारोहमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफू नक्कली बिरामी नभएको प्रस्ट्याएका हुन् ।

आफ्नो हजुरआमा १०१ वर्षको हुँदा पनि स्वस्थ रहेको र आफू ६७ वर्षकै उमेरमा अस्वस्थ भएको बताउँदै केही दिनअगाडि आफ्नो बुद्धि बङ्गारो समेत झरेको प्रसङ्ग जोडे ।

उद्घाटन कार्यक्रममा निर्धारित समयभन्दा करिब १ घण्टा ढिलो पुगेका ओलीले आफू अस्वस्थ भएको र अबेरसम्म सुत्दा कार्यक्रममा आउन ढिलो भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्