१२५ घण्टा लगातार पढेर विश्व रेकर्ड राख्ने मुकेशको आँट



११ साउन २०७६, काठमाडौं

लगातार १२५ घण्टा पढेर मुकेश राज जोशीले गिनिज बुकमा नाम लेखाउने तयारी गरेका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका ८ घर भइ हाल राजधानी काठमाडौंमा रोयल क्यासिनोमा कार्यरत जोशीले रकेर्डको लागि स्वीकृति पनि पाइसकेका आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

आगामी २३ भाद्रबाट सुरु हुने कार्यक्रमको आयोजकको रुपमा गिनिज इभेन्ट नेपालले साथ दिने छ भने सहआयोजकको भूमिकामा गोल्डेन डान्स सेन्टर रहने बताइएको छ ।

मुकेशले रेकर्ड राख्ने लागेका विधामा यसभन्दा अगाडि नेपालकै दीपक शर्मा बजागाईँको नाम थियो । बजागाईँले सन् २००८ मा लगातार ११३ घण्टा पढेर रेकर्ड राख्न सफल भएका थिए ।

यसभन्दा अगाडि मुकेशले ११५ घण्टा मात्रै भनिएपनि मुकेशले १२५ घण्टा नै पढ्ने इभेन्ट नेपालका अध्यक्ष तथा मोटिभेशनल स्पिकर सन्तोष लामाले जानकारी दिए ।

यो विधामा गिनिजमा आधिकारिक रुपमा नेपालकै दीपक शर्मा बजागाईँको नाम भएपनि कताकता विदेशी मुलका एक जना केटोको १२० घण्टाको रेकर्ड छ भन्ने सुनिएपछि १२५ घण्टाको निर्णय लिइएको उनको भनाइ थियो ।

विज्ञप्तिः

बझाङ जयपृथ्वी नगरपाालिका घर भएर हाल काठमाडौं रोयल क्यासिनोमा कार्यरत मुकेश राज जोशीले गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउने तयारी गरेको छन् ।

उनले प्रतिष्ठित तथा सफल व्यक्तित्व त्यस्तै विभिन्न इतिहासका किताबहरु १२५ घण्टासम्म लगातार पढेर गिनिज बुकमा नाम लेखाउने तयारी गरेका छन् । १२५ घण्टाको रेकर्डका लागि स्वीकृति पनि पाइसकेका मुकेश राज जोशीले आगामी २३ भाद्रबाट पढ्न सुरु गर्नेछन् ।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्मा बजगाईँको नाम थियो । उनले सन् २००८ मा लगातार ११३ घण्टा पढेर रेकर्ड राखेका थिए ।
कार्यक्रमको आयोजकको रुपमा गिनिज इभेन्ट नेपाल रहने छ भने सहआयोजकको भूमिकामा गोल्डेन आइ डान्स सेन्टर रहने छ ।

कार्यक्रम सफल, सवल र भव्य रुपमा सम्पन्न हुने छनक देखिएको छ । स्वयं मुकेश राज जोशीका लागि देश तथा विदेशबाट हौसलास्वरुप साथै केही रकम पनि प्राप्त भइरहेको छ ।

साथै मुकेशराज जोशीले धेरै मन्त्री तथा सांसदहरुसँग पनि भेटेका छन्, उनीहरुले मुकेशको निमित्त सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यस्तैगरि यो देश चिनाउने अभियानमा अन्य आम नागरिक तथा सरोकारवालाहरु पनि सरिक हुने बताइरहेका छन् । 

मेरो बारेमाः

म बझाङ जयपृथ्वी नगरपालिका वडा नं ८ जोशीगाउँ निवासी केटो हुँ ।

म मातापिता परशुराम जोशी र जालदेवी जोशीको कोखबाट वि। स। २०५४ सालमा जन्मिएको हुँ । सानैदेखि विभिन्न किताबहरु पढिरहने बानी परेको मैले अहिले आएर यो विधामा रेकर्ड राख्ने आँट गरेको छु, यसमा तपाईहरुको साथ जोडदार रहन्छ भन्नेमा म विश्वस्त छु ।

युवापुस्तामा बढ्दो विदेश मोह बढिरहँदा नेपालमै केही सृजनशील बनौं भन्ने मेरो उद्देश्य हो । यसमा म उत्साहित पनि छु । नेपाललाई विश्वसामु चिनाउने यो मेरो अभियानमा मलाई आवश्यक सल्लाह तथा हौसलाको तपाईहरुबाट अपेक्षा गरेको छु ।

धन्यवाद !

निवेदकः मुकेश राज जोशी

सम्पर्क नंः

सम्बन्धित समाचारः

मुकेशको गौरवान्वित कामः ११५ घण्टा लगातार पढेर गिनिज बुकमा नाम(भिडियो सहित)

 

११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँदै मुकेशराज जोशी 

प्रतिक्रिया दिनुहोस्