शिव मन्दिर सहिद पार्क मार्ग सरोकार समितिको सार्वजनिक सुनुवाई सम्पन्न



११ साउन २०७६, काठमाडौं

शिव मन्दिर सहिद पार्क मार्ग सरोकार समितिले नेकपा केन्द्रिय सदस्य तथा संघीय सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

सुनुवाई कार्यक्रममा सांसद राईले काठमाडौं क्षेत्र नं. ३ र ४ को सिमानामा निर्माण हुन लागेको मार्ग समयमै सम्पन्न गराउन दुबै तर्फका सांसदहरु, नगरप्रमुखहरु र अन्य जनप्रतिनिधिहरुको संयुक्त भेला गरी अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

सुनुवाई कार्यक्रममा शिव मन्दिर सहिद पार्क मार्ग सरोकार समितिले आर्थिक बर्ष २०७५÷०७६ मा गरेको काम र खर्च भएको विवरण सार्वजनिक गरेको थियो ।

सुनुवाईमा प्रमुख अतिथि सांसद राई सहित प्रदेश सभा सदस्य कुसुम कुमार कार्की, काठमाण्डौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्बराज न्यौपाने, बुनपा ११ वडा अध्यक्ष राजु अधिकारी , बुनपा वडा १२ अध्यक्ष शम्भु भट्टराई, कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य पुरुषोत्तम नेपाल, बिमल लामा लगायत सरोकारवालाको बाक्लो उपस्थिति रहेको
थियो ।

प्रतिक्रिया दिनुहोस्