बूनपा १२ मा सार्वजनिक सुनुवाई सम्पन्न



११ साउन २०७६, काठमाडौं

बालकुमारी टोलसुधार समितिले बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा सचेतक नागरिक समाज, विकसित टोल भन्ने नाराकासाथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

बूनपा १२ कै सभाहलमा सम्पन्न भएको कार्यक्रममा बूनपा नगर प्रमुख उद्धव खरेल, बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडासदस्यहरु लगायत अन्य स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख खरेलले टोल सुधारले गरेको महत्वपूर्ण काम प्रति सम्मान व्यक्त गर्दै समस्या समाधानका निम्ति वडा तथा नगरले आवश्यक वजेट छुट्याएको तर बजेट अनुसार राम्रोसँग काम गर्ने संयन्त्र नभएको धारणा व्यक्त गरे ।

विकास निर्माणका काममा कहिल्यै पनि पार्टी हुँदैन : वडाध्यक्ष भट्टराई
बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईले विकास निर्माणको काममा पार्टी भनेर नछुट्याएको बताउँदै आवश्यकता अनुसार बजेट बिनियोजन गरेको कारण चुनावपछि २ वर्षमा विकास निर्माणका धेरै कामहरु सम्पन्न भएको बताएका छन् ।

फरक प्रसंगमा वडाध्यक्ष भट्टराईले भने, ०७२ को महाभुकम्पपछि नियम बिपरित तथा नक्सा भन्दा तल माथि गरेर बनाएका घर समस्यामा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्