बूनपा २ ले टोलटोलबाट सामाजिक सुरक्षा भत्ता बाड्दै



११ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ कार्यालयले एक सूचना जारी गर्दै आ.ब. २०७५/०७६ को सामाजिक सुरक्षाको तेस्रो चौमासिक किस्ता टोलटोलबाट वितरण गर्ने जनाएको छ ।

वडाध्यक्ष राजेन्द्र खड्काका अनुसार पानी पर्ने सिजन भएको र बृद्धबृद्धालाई वडा कार्यालयसम्म आउँदा कठिनाई नहोस भन्ने उद्देश्यले टोलटोलबाट वितरण गर्न लागिएको जानकारी दिएका
छन् ।

जारी सूचना अनुसार साउन १३ गते विहान १० देखि १२ बजेसम्म चपली सामुदायिक केन्द्र, भंगाल, १२ः१५ देखि १ः३० सम्म चपली स्वास्थ्य चौकी, महादेव खोला, दिउँसो २ बजेदेखि ३ बजेसम्म वासिक चोक, गणेशस्थानमा वितरण गरिने जनाईएको छ ।

बूनपा २ वडा कार्यालयबाट जारी सूचना :

प्रतिक्रिया दिनुहोस्