एकता टुङ्गिनै लाग्दा नेकपा बूढानीलकण्ठमा पार्टी विद्रोहको संकेत !



१० साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय विभागदेखि स्थानीय तहसम्म एकता प्रक्रिया मिल्दै गएको छ । सचिवालयले जिल्ला ईन्चार्ज र सह–ईञ्चार्जको टुङ्गो लगाएसँगै लामो समयदेखि रोकिएको एकता प्रक्रियाले गति पाउन थालेको छ ।

दुई ठूला पार्टीको एकता प्रक्रियामा पार्टी कार्यकर्ता समेट्न, भूगोल समेट्ने र जिम्मेवारी दिने सवालमा समेत यस्तै तानातानको अवस्था सिर्जना भएको बूढानीलकण्ठ नगरपालिकामा ।

विशेषगरी साविक कपन र चुनिखेल क्षेत्र धोवीखोला वारी र अन्य गाविसहरु खोलापारि हुनाले विगतदेखि नै खोलावारी र खोलापारीको क्षेत्रीय राजनीतिले खुल्ला वा आन्तरिक निर्वाचनहरुमा विशेष प्रभाव पार्ने गरेको देखिन्छ ।

नेकपाका एक नेताले बताए अनुसार गत स्थानीय निर्वाचनमा पनि खोला पारीले नै पायो । प्रदेश सदस्य पनि खोलापारीले नै पायो । दुवै पार्टीका नगर नेतृत्व र क्षेत्रीय नेतृत्व समेत खोलापारीकाले नै पाए । पार्टी सदस्यता, कार्यकर्ता र  भोटर संख्या खोलावारी हुने अनि जहिले पनि जिम्मेवारी दिने र पाउने सवालमा पारीकाले पाउने ? विगतमा पार्टी निर्णयलाई स्वीकार गरेको भएपनि अब पार्टी नेतृत्वले सन्तुलित निर्णय गरेन भने नेकपा नगर कमिटिका सबै कार्यक्रम र निर्देशन हामीले किन मान्ने ? त्यी जिल्ला नेताले आक्रोश पोखे कि वारिपट्टिका कार्यकर्ताको भावना जिल्ला नेतृत्वले मान्नु र स्विकार्नु पर्दैन ?

प्रतिक्रिया दिनुहोस्