बूनपा १० को प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिता शुरु



१० साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिता २०७६ ग्रीनविच फुटसल आकाशेधारामा शुरु भएको छ ।

प्रतियोगितामा बूनपा १० भित्रका सरकारी र निजी गरि १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जसमा माण्डु एकेडेमी, त्रिनेत्र विद्या निकेतन, तिरुपति र फेरिल्याण्ड गरी चार विद्यालयका टीम सेमिफाईनलमा प्रवेश गरेका छन् ।

फुटसल प्रतियोगिता उद्घाटन समारोहमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले विद्यालयमा पढाईमा मात्र नभएर खेलकुद तथा समाजिक कार्यमा विद्यार्थिहरुलाई सहभागी गराउनु पर्नेमा जोड दिएका थिए ।

वडाध्यक्ष भट्टराई भन्छन्, खेलकुदलाई विशेष प्रथामिताका साथ अगाडी बढाउन सके खेलाडीले आफु मात्र नभएर देशलाई नै विश्वसामु चिनाउन सक्छन् ।

प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिताको विजेतालाई २० हजार तथा उप विजेतालाई १० हजार नगद सहित मेडल, ट्रफि र सर्टिफिकेट दिईने जानकारी युवा संजालका अध्यक्ष तथा कार्यक्रम संयोजक आकाश श्रेष्ठले परिवर्तन खबरलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्