प्रहरी उपरिक्षक कार्कीको हातमा हत्कडी



१० साउन २०७६, काठमाडौ

कास्कीका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीको हातमा हत्कडी लागेको छ । उपरिक्षक कार्कीको हातमा हत्कडी लागेपछि हत्कडी खोल्नलाई सिपाही चाँबी ल्याए पनि एउटा मात्रै खुले पछि पुन केही बेरमा अर्को चाँबी ल्याएर खोलेका थिए ।

उनले साना-साना विद्यार्थीहरुलाई प्रहरी र प्रहरीले काम गर्ने बारेमा विद्यार्थीलाई सिकाएका थिए । विद्यार्थीलाई हत्कडी के हो ? हत्कडी किन लगाइन्छ ? भन्ने प्रश्नमा कार्कीले हत्कडीका बारेमा विद्यार्थीलाई बुझ्ने भाषामा प्रयोग गरेर देखाएका थिए ।

साना-साना नानीबाबुहरुलाई डर देखाउनको लागि जे कुरामा पनि पुलिस बोलाइ दिन्छु भन्ने चलन हाम्रो समाजमा छ ।

जसका कारण उनीहरुको मनमा सानै देखी प्रहरी प्रति नकारात्मक भावना पैदा हुँदै आएको छ र प्रहरी भन्ने वित्तिकै डराउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्