
०९ साउन २०७६, काठमाडौँ
यो बिषय ब्रिटेनको हो । श्रीमानसंग लुकेरै श्रीमतीले ३ वटा बच्चा जन्माएकी छिन्। २०१६ सालमा डाक्टरसँग जाँच गराउन पुगेका ती श्रीमानले आफू बच्चाको बुवा बन्न नसक्ने थाहा पाएपछि अचम्ममा परेका छन् ।
यो घटनाले रिर्चड छाँगाबाट खसेजस्तै भए । उनि तीन बच्चाको बुवा हुन् । जसमा दुई बच्चाको उमेर अहिले १९ वर्ष छ । एकको उमेर २३ वर्ष पुगेको छ । उनले प्रहरी कहाँ निवेदन समेत दर्ता गराए। उनले बच्चाको बुवा को रहेछ भन्ने पत्ता लगाउन चाहेका छन् । तर अदालतले ती व्यक्तिलाई गोप्य राख्न मिल्ने आदेश दिएको छ ।
रिचर्डले भनेका छन्,‘ जब मैले टेस्ट रिपोर्टमा लेखेको पढेँ त्यतिबेला म आकाशबाट खसेजस्तै भएँ । कुनैपनि पुरुष यो बिरामीबाट ग्रसित छ भने बुवा बन्न सक्दैन । डाक्टरलाई समेत उनले पुनः सोधे यो रिपोर्ट झुटा हो तर डाक्टरले रिर्पोट सही भएको बताए ।’ उनी आफ्ना बच्चाहरुको दैनिक क्रियाकलापमा ध्यान दिन्छन् त्यहाँ को आउँछ, के गर्छ खास बुवा को हो ? आदि । उनकी श्रीमतीले पनि यो बिषयमा बोल्न चाहिनन् ।





