
०८ साउन २०७६, काठमाडौं
पछिल्लो समयमा किशोरीहरुमाथी बिभिन्न हिंसाका घटनाहरु बढेको बिभिन्न तथ्यांकहरुले बताएको छ । तर नेपालको दोस्रो बालमैत्री नगरपालिकाका नवलपुर देवचुलीका किशोरीहरु भने स्वयम् आफैद्वारा नै सचेतनामूलक कार्यक्रमहरु सुमदायस्तरमा र विद्यालयस्तरमा सञ्चालन गर्दै आएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालन भएको किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरुले विभिन्न तालिमहरु लिई सकेपछी सो विषयमा समुदायस्तर र विद्यालयस्तरमा तालिमहरु सञ्चालन गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताए ।

एक कार्यक्रमका विच समुदायस्तरका सचेतनामुलक कार्यक्रम देवचुली १७ मा समापन गरिएको छ । ७ दिनसम्म बिहान र बेलुका गरी समुदायका किशोरकिशोरीमा सञ्चालन गरिएको कार्यक्रम उत्कृष्ट रहेको र सिकेका कुराहरु यसरी सिकाउँदा उनीहरुको समेत क्षमता विकासको साथमा हिंसामुक्त समाजको निर्माणमा सहयोग पुग्ने देवचुली नगरपालिकाका कार्यपालिका सदस्य नवकुमारी शर्माले बताईन् ।

किशोरीहरुले केही गर्न सक्दैनन् भन्ने कुराको अन्त्य यि साना किशोरीहरुले प्रमाणित गरेको र यो कार्यक्रम प्रभावकारी रहेकोले समेत यसको निरन्तरता दिन सकेमा नेतृत्वको विकास सँगै हिंसामुक्त समाजको निर्माण समेत हुने सामाजिक अभियन्ता संगीता बराल सापकोटाले बताईन् ।
७ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा समुदायस्तरका ३० भन्दा बढी किशोरकिशोरीहरुको सहभागीता रहेको र सहजिकरण स्वस्तिका भण्डारी र प्रतिमा आचार्यले गरेकी थिईन् ।





