‘प्रधानमन्त्री मन परेन फेर्न पाइन्छ, सरकार मन परेन फेर्न पाइन्छ’



०८ साउन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले छनौट गर्न नपाउने व्यवस्थाको अन्य गरि छनौट गर्न पाउने प्रणालीको स्थापना गराइसकिएको बताएका छन् ।

बुधबार बिहान आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छनौट गर्न पाउने प्रणालीको विकास भइसकेकाले प्रधानमन्त्री तथा सरकार पनि छनौट गर्न सकिने बताएका हुन् ।

“पहिले छनौट गर्न नपाइने प्रणाली थियो, हामीले छनौट गर्न पाउने प्रणाली खोज्यौँ । अब सरकार मन परेन, फेर्न पाइन्छ । सरकार मन परेन, फेर्न पाइन्छ । यही हो लोकतन्त्र” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्